दफा १०
जग्गा प्राप्त गर्नमा प्रतिबन्ध
१) अंश वा अपुताली परेकोमा बाहेक कसैले जग्गावालको हैसियतले दफा ७ मा तोकिएको अधिकतम हदमा बढ्ने गरी आफ्नोे वा अरू कसैको नाउँमा कुनै तवरले कुनै जग्गा प्राप्त गर्न हुँदैन ।
(२) कसैले कुनैतवरले जग्गा लिई रजिष्टे«शन पास गर्न आएमा सो जग्गा लिने व्यक्तिले आफ्नोे वा अरू कसैको नाउँबाट नेपालभित्र जग्गावालाको हैसियतले तत्काल राखेको जग्गाको कूल क्षेत्रफल यति छ भनी फाँटवारी लेखी रजिष्टे«शन गर्ने अधिकारी छेउ दाखिल नगरेसम्म त्यस्तो लेनदेनको लिखित पास हुने छैन ।
(३) उपदफा (२) बमोजिम दाखिल भएको फाँटवारीबाट उपदफा (१) को विपरीत हुन जाने गरी लिएको जग्गा वा लिन खोजेको देखिएमा रजिष्टे«शन पास गर्ने अड्डाले त्यस्तो लेनदेनको लिखित पास गर्न हुँदैन ।